राजबिराज, बैशाख। गैर सरकारी संस्था महासंघ शाखा सप्तरीले लोकतन्त्र दिवसको अवसरमा विहिवार राजविराजको दर्शन चौकमा दिप प्रज्वलन गरेको छ ।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य किरण साह, गैसस मधेश प्रदेशका कोषाध्यक्ष लक्षमण यादव, सप्तरी शाखाका अध्यक्ष दिपक कुमार झा, सचिव नविन नरसिंह नेपाली, गैसस महासंघ नेपालका केन्द्रिय सदस्य रुबी मिश्रा, सदस्य पार्थो सरकार, गैसस महासंघ शाखा सप्तरीका सचिवालय सदस्य सचिव निर बहादुर आले मगर, बरिष्ठ गैससकर्मी राधाबल्भ लाल कर्ण, गैससकर्मी एवं महिला नेतृ साबित्री पंडित, लगायतले मैनबति बाली आ—आफ्नो बिचार व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न गैससमा आवद्धहरुको सहभागीता रहेको थियो ।










