राजबिराज,११ बैशाख । मधेश प्रिमियर लिग सिजन—३ को उपाधी मिथिला वारिर्यसले जितेको छ।
राजबिराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेल मैैदानमा भएको फाईनल खेलमा मिथिला वारियर्स र बलान बिहुल बिच भएको प्रतिस्पर्धामा मिथिला वारियर्सले बलान बिहुललाई ५ बिकेटले पराजित गर्दै उपाधी हातपार्न सफल भएको हो।

मधेश प्रदेश सरकारको सहयोगमा संचालित प्रतियोगिताको फाईनल खेलमा टस जितेर बलान बिहुलले १९ ओभर ३ बलमा सबै बिकेट गुमाएर १ सय ५३ रनको योगफल खडा गरेका थिए।
जसमा राष्ट्रिय खेलाडी बिवेक यादबले २ चौका र ४ छक्काको मदतले सर्वाधिक ४५ रन, लोकेश बमले ४१ रन, सुजन थपलियाले २८ रन, फिर्दाेष अन्सारी १५ रन बनाएका थिए।

बलिंग तर्फ मिथिला वारियर्सका वसन्त खत्री ३ बिकेट तथा शेर मल्ल र कुुशल भुर्तेलले २÷२ बिकेट र नन्दन यादबले १ बिकेट हात पारेका थिए।
जवाफमा १ सय ५४ रनको लक्ष्य लिई मैदानमा ओर्लेका मिथिला वारियर्सले १८ ओभर ३ बलमा ५ बिकेट गुमाएर जित हात पार्दै उपाधी जितेका हुन।

जसमा राष्ट्रिय खेलाडी कुशल भुर्तेलले उत्कृष्ट ब्याटिंग गर्दै सर्वाधिक ५८ रन बनाएपछि टिम जित नजिक पुगेको थियो।
यसैगरी अर्का ब्याटसम्यान रबि साह ४४ रन बसिर अहमद २५ रन बनाएका थिए।

बलिंग तर्फ बिवेक यादब र अरनिको यादबले २÷२ बिकेट लिएका थिए। फाईनल प्लेयर अफ दि म्याच कुशल भुर्तेल घोषित भएको छ।
प्रतियोगिताको प्लेयर अफ दि सिरिज जनकपुर सनराईजका विशाल पटेल, बेस्ट ब्याटर जनकपुर सनराईजकै आशिफ शेख, बेस्ट बलर मिथिला वारियर्सका शेर मल्ल घोषित भएको हो ।

उक्त अवसरमा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह, बलान बिहुल गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादब, छिन्मस्ता गाउँपालिकाका अध्यक्ष विद्यान्नद चौधरी,अग्निीसाईर कृष्णासवरण गाउँपालिकाका अध्यक्ष दिनानाथ चौधरी,राजविराज नगरपालिकाका नगर प्रमुख भिमराज यादव, नेकपा एमालेका नेता तथा राष्ट्रियसभाका पूर्व सदस्य सुमनराज प्याकुरेल, मधेश प्रदेश सांसद किरण साह, जनमत पार्टीका जिल्ला अध्यक्ष रामगमन साह, जनता समाजवादी पार्टी नेपालका सप्तरी जिल्ला अध्यक्ष केदार प्रसाद यादव, जसपा नेपालका नेता दिनेश कुमार यादव, सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी खकेन्द्र खतिवडा, डिएसपी जितेन्द्र बस्नेत, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य आयुष श्रेष्ठ, आयोजक समितिका अध्यक्ष ई.संजीव नारायण यादव, उपाध्यक्ष ई.तिर्थ नारायण दास, सचिव ई. राहुल देव, अभिलाषा सिंह लगायत आयोजक समितिका अन्य पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
बिजेतालाई शिल्ड,कप, प्रमाणपत्र तथा ९ लाख १ हजार र उपबिजेतालाई ४ लाख १ हजार पुरस्कारवाट सम्मान गरिएको आयोजक समितिका सचिव राहुल देवले जानकारी दिनुभयो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर