सप्तरी,१० वैशाख। राजबिराजमा संचालित मधेश प्रिमियर लिग क्रिकेट प्रतियाेगितामा मिथिला वारियर्स फाइनल प्रवेश गरेको छ ।राजविराज स्थित पवि माविको खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा जनकपुर सनराईजलाई ४ बिकेटले पराजित गर्दै मिथिला फाईनलमा प्रवेश गरेकाे हो।
बुधवार विहान सम्पन्न पहिलाे सेमिफाईनलमा जनकपुरले दिएकाे ८९ रनकाे लक्ष्य मिथिलाले ६ बिकेट गुमाएर फाईनलकाे यात्रा तय गरेकाे हाे।टस जितेर जनकपुरले १७ ओभर ३ बलमा सबै बिकेट गुमाएर ८८ रनकाे याेगफल खडा गरेका थिए।
जसमा विशाल सुस्लिङ्गले सर्वाधिक ३४ रन, आरिफ शेख २५ रन बनाएका थिए। बलिंग तर्फ मिथिला वारिर्यसका शेर मल्ल ३ बिकेट, कुशल भुर्तेल र नन्दन यादबले समान २/२ बिकेट, र वसन्त खत्रीले १ बिकेट लिएका थिए।
जवाफमा मिथिला वारियर्सले १५ ओभर ३ बलमा ६ बिकेट गुमाएर जित हात पार्दै फाईनलमा प्रवेश गरेका छन् ।
टिमलाई फाईनलमा प्रवेश गराउन राष्ट्रिय खेलाडी कुशल भुर्तेलले सार्वधिक २७ रन अर्का राष्ट्रिय खेलाडी दिपेन्द्र सिँह ऎरीले अविजित १९ रन बनाए पछि जित सहज भएकाे हाे।
यसैगरी टिमका लागि बसिर अहमदले १४ रन बनाएका थिए। बलिंंग तर्फ बिपिन खत्री र फदेह सिद्विकीले समान २/२ बिकेेट र तुुल बहादुर मगरले १ बिकेट लिएका थिए।
खेलकाे प्लेयर अफ दि म्याच राष्ट्रिय खेलाडी कुशल भुर्तेललाई जसपा नेपालका नेता दिनेश यादब, राजबिराज वडा २ का वडा अध्यक्ष अरूण यादब र युवा नेता लक्ष्मण यादबले संयुक्त रूपमा कप, ५ हजार १ सय काे चेक हस्तान्तरण गरेका थिए।
आजै हुने दाेेस्राे खेलमा बलान विहुल र काठमाण्डौ बिचकाे सेमिफाईनल खेलवाट एउटा टिम फाईनल प्रवेश गर्ने आयोजकले जनाएको छ ।






