राजबिराज । राजबिराजमा संचालित मधेश प्रिमियर लिग अन्तर्गतको अन्तिम खेलमा मिथिला वारियर्सले छिन्नमस्तालाई ४ बिकेटले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

यो सँगै अंक तालिका अनुसार  जनकपुर सनराईज, बलान बिहुल र काठमान्डौ पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।

भोलि हुने पहिलो सेमिफाइनल खेलमा जनकपुर सनराईज र मिथिला वारियर्स तथा दोस्रो खेल बलान बिहुल र काठमाडौँ रोयल्स बिच हुने आयोजकले जनाएको छ ।

मंगलवार लिग चरनको अन्तिम खेल अन्तर्गत पहिलो खेलमा टस जितेर मिथिलाले छिन्मस्तालाई ब्याटिंंग गर्न दिए पछि छिन्मस्ताले १८ ओभरमा ७ बिकेट गुमाएर १ सय १९ रनको योगफल खडा गरेका थिए । जसमा दिनेश अधिकारीले ३८ रन, दिवान पुनले अविजित २१ रन, शंकर राणा १४ रन, र दिपेश दासले ११ रन बनाएका थिए ।

बलिंग तर्फ मिथिला वारियर्सका शेर मल्ल २ बिकेट तथा कुशल भुर्तेल, बसिर अहमद र असिम श्रेष्ठले १र१ बिकेट लिएका थिए ।

प्रतिउत्तरमा १ सय २० रन लक्ष्य पछयाउने क्रममा मिथिलाले १६ ओभर १ बलमा ६ बिकेट गुमाएर बिजयी हात पार्दै सेमिफाइनलको यात्रा तय गरेको हो । जसमा टिमका लागी अरूण एरी २९ रन, कुशल भुर्तेल र  सुनिल महर्जनले समान्य २३ रन तथा राष्ट्रिय खेलाडी दिपेन्द्र सिँँह ऐरीले अविजित २२ रन तथा बसन्त खत्रीले १८ रन अविजित खेलेका थिए ।

यता बलिंग तर्फ छिन्मस्ताका दिनेश अधिकारी ४ बिकेट र नितेश यादबले २ बिकेट लिएका थिए । उक्त खेलमा प्लेयर अफ दि म्याच छिन्मस्ता का दिनेश अधिकारी घोषित भएका थिए ।

यसैगरी आजै भएको दोस्रो खेलमा जनकपुरले बलानलाई ६४ रनले पराजित गरेको छ । टस जितेर जनकपुरले २० ओभरमा ९ बिकेट गुमाएर २ सय १८ रनको योगफल खडा गरेका थिए । जसमा टिमका लागि राष्ट्रिय खेलाडी आशिफ ८२ रन, विशाल सुश्लिंग ४६, मयन यादब ३३ रन बनाएका थिए ।

बलिंग तर्फ बलानका बिवेक यादब र बिकास दासले ३र३ बिकेट तथा पप्पु यादब, श्रवण यादब, सुजन थपलियाले समान १र१ बिकेट हात पारेका थिए । जवाफमा २ सय १९ रनको लक्ष्य लिएका बलानले १८ ओभर ३ बलमा सबै बिकेट गुमाएर १ सय ५४ रन मात्र बनाउन सकेका थिए । जसमा सुजन थपलिया ६० रन, भुवन कार्की २९ र बिवेक यादबले २८ रन बनाएका थिए ।

बलिंग तर्फ जनकपुरका विशाल पटेलले प्रतियोगिताकै सबै भन्दा बढी बिकेट लिने बलरमा परेको छ । पटेलले ३ ओभर ३ बलमा ३९ रन खर्चे ७ बिकेट लिएपछि बलान टिमका ब्याटसम्यानहरू धरापमा परेका थिए । खेलको प्लेयर अफ दि म्याच विशाल पटेल घोषित भएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर