१ वैशाख, काठमाडौं । स्पीनर युवराज खत्रीले ५ विकेट लिएपछि आईसीसी यू-१९ विश्वकप एसिया छनोटको दोस्रो खेल‌मा नेपालले ओमानलाई ११७ रनमा अलआउट गरेको छ ।

युवराजले ७ ओभरमा १५ रन दिएर ५ विकेट लिएपछि ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो । जीत व्रजेश साहले अर्धशतक बनाए । ७८ बलमा ६ चौकासहित उनले ५२ रन बनाए । सिद्धार्थ सोम्या शंकरले १६ रन बनाए ।

नेपालका लागि युवराजको ५ विकेटसँगै सन्तोष यादवले २ तथा दयानन्द मण्डल, अशोक धामी र अपराजित पौडेलले १-१ विकेट लिए ।

नेपालले पहिलो खेलमा यूएईलाई हराइसकेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर