नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले टी-२०आई क्रिकेटमा एउटा अर्को कीर्तिमान थपेका छन् । बिहीबार कुवेतविरुद्ध खेल्दा उनले सबैभन्दा धेरै इनिङ शून्यमा आउट नहुने खेलाडीको कीर्तिमान बनाएका हुन् ।

उनी लगातार ६६ टी-२०आईमा डगआउट भएका छैनन् । ​वेष्ट इन्डिजका मार्लोन नथानिएल स्यामुएल्स लगातार ६५ खेलमा डगआउट भएका छैनन् ।

यसअघि सबैभन्दा कम बलमा अर्धशतक बनाउने कीर्तिमान पनि उनकै नाममा छ । उनले सन् २०२२ मा मंगोलियाविरुद्ध मात्रै ९ बलमा अर्धशतक बनाएका थिए । जुन कीर्तिमान बराबरी मात्रै हुन सक्छ ।

टी-२० अन्तर्राष्ट्रियमा एक इनिङमा सबैभन्दा बढी स्ट्राइक रेटको कीर्तिमान पनि उनकै नाममा छ । जुन उनले मंगोलियाविरुद्धकै खेलमा बनाएका थिए ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर