काठमाडौं- काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ढोकै फोरेरै कार्यालयभित्र छिराइएको छ। महानगरका केही कर्मचारी र वाडाध्यक्षले उनको कार्यकक्षको ढोका फोरेरै उनलाई भित्र छिराएका हुन्।
प्रशासकीय अधिकृत गुरागाईंको कार्यकक्षमा महानगरले ताला लगाएपछि ताला र ढोकाको सिसा फोरेर उनी भित्र छिरेका हुन्।यससगै उनी ३ महिना १४ दिनपछि आफ्नो नियमित जिम्मेवारीमा फर्किएका हुन्।

गुरागाईंले अनधिकृत नक्सा पास गरेको भन्दै महानगरपालिकाले कारबाही गरेको थियो। काठमाडौं- २८ पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबाही भएको थियो।
यस विषयमा महानगरका मेयर बालेन्द्र साह (बालेन) र उनीबिच विवादको अवस्था सिर्जना भएको थियो। सोही विवादका बाबजुद उनी आज हाजिर भएका हुन्।
उनले भोलिबाट नियमित हाजिर हुने बताएका छन्। उनीहरू भित्र छिर्ने क्रममा काठमाडौंका नगर प्रहरीले रोकेका थिए।






