काठमाण्डौं,१६ चैत्र । ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि पक्राउ या नजरबन्द गर्न खोजिएको भन्दै विरोध गरेका छन्।
शुक्रबार बिहान ११ बजेदेखि काठमाडौँको तीनकुनेमा गरिएको आन्दोलन घोषणा सभामा संघर्ष समितिका पदाधिकारी, केन्द्रीय नेताहरू मञ्चमा पुगेर सभालाई सम्बोधन गर्न नपाउँदै सरकार पक्षबाट घुसपैठ गराइएको दाबी पनि उनले गरेका छन्।

अनपेक्षित प्रहरी दमनका कारण आफ्नो सभा बिथोलिएको तर्क उनले विज्ञप्तिमा गरेका छन्।
यस्तै दुर्गा प्रसाईँ लगायतलाई पक्राउ पुर्जी जारी गर्ने, रवीन्द्र मिश्र, धवल शमशेर राणा र स्वागत नेपाललाई पक्राउ गर्ने र आफूलाई घरमै नजरबन्दमा राख्ने कार्य भएको सुवेदीले विज्ञप्तिमा उल्लेख गरेका छन्।







