काठमाण्डौ,१५ चैत्र ।काठमाडौंको तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कीर्तिपुर ४ बस्ने २९ वर्षीय सविन महर्जन रहेका गृह मन्त्रालयले जनाएको छ ।

राजावादीको प्रदर्शनपछि आयोजित पत्रकार सम्मेलनमा गृहका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव छवि रिजालले महर्जनको शुक्रबार साँझ मृत्यु भएको जानकारी दिए ।
प्रदर्शनमा घाइते भएका उनलाई तत्काल उपचारका लागि टिचिङ अस्पताल पुर्‍याइएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको हो ।

त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुबास आचार्यका अनुसार घाँटीमा गोली लागेर आएका थिए ।

‘४ : ३० बजे अस्पताल ल्याउँदा अस्पताल आउँदा नै मृत्यु भएको थियो । घाँटीमा गोली लागेको रहेछ,’ आचार्यले भने ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर