राजविराज,१५ चैत्र । शुक्रबार साँझ ८ बजे मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाइएको छ।

राजावादी प्रदर्शन हिंसात्मक बनेपछि बालुवाटारमा मन्त्रिपरिषद्‍को आकस्मिक बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए।

यसअघि राजावादी प्रदर्शनकारी हिंसात्मक हुन थालेपछि सुरक्षा समितिको बैठक बसेको थियो।

काठमाडौँको तीनकुने क्षेत्रमा राजावादी आन्दोलनका क्रममा व्यक्तिका घर, सार्वजनिक संस्था तथा पार्टी कार्यालय, एवम् सञ्चारगृहमा तोडफोड तथा आगजनी हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यु आदेश जारी गरेको छ।

शुक्रबार बिहानैदेखि उग्र हुँदै गएको राजावादी प्रदर्शन दिउँसो झन् आक्रामक भएको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर