सप्तरी, १४ चैत । सप्तरीमा बुधबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कञ्चनरुप नगरपालिका १० स्थित बदगामामा भएको दुर्घटनामा परी गम्भीर घाइते कञ्चनरुप नगरपालिका १२ रुपनगर बस्ने बर्ष २७ का बिक्रम बञ्जराको उपचारको क्रममा विराटनगर स्थित नोबेल अस्पतालमा मृत्यु भएको पारिवारीक श्रोतलाई उदृत गर्दै सप्तरी प्रहरीले जनाएको छ ।







