राजविराज,१२ चैत्र । सप्तरीको विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादव निर्वाचित भएयता गाउँपालिको शिक्षा क्षेत्रमा उल्लेखनिय सुधार गरेका छन ।
शिक्षा क्षेत्रको सुधारलाई आफ्नो पहिलो संकल्पका रुपमा लिएका अध्यक्ष यादवले दैनिक विद्यालय अनुगमन नै थाले, जसका कारण शिक्षा क्षेत्रमा सुधार भएको पनि देखियो, अध्यक्षको अनुगमन आउँदैछ भने सुईको पाएपछि विद्यालय समयमा नआउने शिक्षक,शिक्षिका समयमै विद्यालय आउन थालेका छन ।
उहाँले थालेको छड्के अनुगमनले विद्यालयमा अध्यनरत छात्र छात्रा मात्र नभई अभिभावकहरु पनि शिक्षा क्षेत्रमा सुधार हुन थालेकोमा खुशी छन ।

अनुगमनका क्रममा एक छात्रासँग विद्यालयको पठनपाठन वारे जिज्ञासा राख्दै गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादव ।

सरकारी÷सामुदायिक विद्यालयमा समयमा शिक्षक, शिक्षिका नआउने, आएपनि हाजिरी गरेर फर्किने र विद्यालयमा नपढाई तलब भत्ता बुझने क्रम बढ्ेपछि अध्यक्ष यादवले त्यसको सुधारका लागि आफ्नो पालिका भित्रका विद्यालयमा कडा निगरानी गर्न थालेका छन ।

अध्यक्ष यादवले २०८१ फाल्गुन महिनामा श्री आधारभूत विधालय थल्ही, श्री जनता आधारभुत विधालय सिम्राहा सिगियोन, श्री राष्ट्रिय आधारभूत विधालय मझाउ, श्री शारदा मा. वि. जमुनी , मा. वि. मुसहर्निया, रुद्र नारायण मा. वि. गोरगामा, श्री जनता मा. वि. विधालय इटहरी विष्णुपुर, श्री जनता आधारभूत विधालय बिष्णुपुर, श्री जनता मा. वि. विधालय कनकट्टा, श्री जनता आधारभूत विधालय पर्साही र जनता आधारभूत विधालय बिष्णुपुरमा अनुगमन गरेका छन ।

अनुगमन सँगै ती विद्यालयका छात्रछात्रालाई गाउँपालिका तर्फबाट कापी, कलम समेत वितरण गरिएको छ । यादव भन्छन असल शिक्षाले नै सभ्य समाजको निर्माण गर्दछ, त्यसैले शिक्षामा सबैले जोडदिनु पर्छ ।

अध्यक्ष यादवले शिक्षा क्षेत्रको मात्र सुधार गर्ने निती मात्र लिएको छैन स्वास्थ्य क्षेत्रलाई पनि उतिकै प्राथमिकतामा राखेका छन । उहाँले बेला बेलामा स्वास्थ्य चौकी,स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य संस्थामा समेत अनुगमन गर्दै आएका छन ।
त्यहाँबाट आम नागरिकले पाउने सेवा सुविधामा समेत सुधार थालेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर