राजविराज,५ चैत्र । माध्यमिक शिक्षा परिक्षा (एसईई) मा मधेस प्रदेशको आठ जिल्लाबाट ८८ हजार ८ सय ५८ जना परीक्षार्थी सहभागी हुने भएको छ ।
मधेस प्रदेश शिक्षा निर्देशनालय जनकपुरधामले प्रदेशभर तीन सय १२ परीक्षा केन्द्र कायम भएको र १ हजार २ सय ३१ विद्यालयका ८८ हजार ८ सय ५८ परीक्षार्थी परीक्षामा सहभागी हुने जनाएको छ ।

ती केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष सहित खटिने कर्मचारीको सङ्ख्या १२ हजार २ सय ४२ जना रहने बताईएको छ ।
परिक्षालाई मर्यादित एवं भयरहित वातावरणमा सम्पन्न गराउन ४ हजार ५ सय ८० सुरक्षाकर्मी परिचालन गरिने मधेस प्रदेश शिक्षा निर्देशनालय जनकपुरधामले जनाएको छ ।






