राजबिराज,५ चैत्र । त्रिवि स्वतन्त्र विद्यार्थी युनियनको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजबिराजमा मतदान सम्पन्न भएको छ । आज (मंगलबार) ४ बजे सम्पन्न मतदानमा कुल १ हजार २ सय ७२ मत खसेको हो ।
कुल २ हजार ७ सय ३१ मतदाता रहेको यस क्याम्पसमा १ हजार २ सय ७२ मत खसेको जसमा छात्र ६ सय ८९ र छात्रा ५ सय ८३ जना रहेको निर्वाचन प्रमुख नन्दकिसोर यादबले जानकारी दिए।
मबिव क्याम्पस राजबिराजका स्ववियु निर्वाचन प्रमुख यादबले बिहान ८ बजे देखि सुरू भएको मतदान ४ बजे शान्तिपुर्व सम्पन्न भएको बताए ।

मबिव क्याम्पसको अध्यक्ष पदमा समाजवादी बिधार्थी युनियनका रञ्जीत कुमार यादब, नेबि संघका नितिश कुमार यादब र अनेरास्ववियुकी मनिषा कुमारी साह, जनमत बिधार्थी संघका त्रिवेणी कुमार यादब र स्वतन्त्रवाट बिनय कुमार यादब सभापति पदमा चुनावी प्रतिस्पर्धा रहेको छ ।
यसपालीका स्ववियु निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन, सुरक्षा निकाय, विद्यार्थी, अभिभावक तथा राजनीतिक दलहरूले संयमित भई निर्वाचन प्रक्रिया सम्पन्न गराउन सहयोग गरेको निर्वाचन प्रमुख यादवले बताए ।








