सप्तरी, २६ फाल्गुन । करदाता सेवा कार्यालय राजविराजले यही फाल्गुन २९ गते सम्म कर छुट सुविधा रहेकोले सो सुविधा सबै सेवाग्राही लाई लिन आग्रह गरेको छ।
करदाता सेवा कार्यालय राजविराजका कार्यालय प्रमुख लालदेव सर्राफले सोमवार करदाता सेवा कार्यालयको फेसबुक पेजमा स्ट्याटस लेख्दै कर छुट सुविधावारे जानकारीहरु उल्लेख गरेका हुन्।
कार्यालय प्रमुख सर्राफले प्राेप्राईटरसिप ,व्यक्तिगत एकल व्यवसाय गरेका करदाताले घरबाटै कसरी छुट उपयाेग गर्ने तरिका सो स्टाटसबाट समेत सिकाएका छन्।
उहाँले व्यक्तिगत एकल करदाताले D01 कसरी भर्ने भने तरिका साधारण भाषामा यहाँ राखेकाे छु। D01 भर्न Audit Report बनाउनु पर्दैन । VAT मा दर्ता हुने ले पनि आ.ब. २०७८/०७९ देखि याे अवश्थामा D01 भर्न सक्नुहुन्छ । गाउँ घर टाेल छिमेकी सबैलाई भनाैं।अहिलेदेखि नै भर्न थाल्नुस। केही काराेबार गर्नु भएकाे छैन भने 0 शून्य राखेर विवरण बुझाउनुस। बुझाउनु पर्दैन भनेर नभन्नुस। सक्नुहुन्न भने कर कार्यालय आउनुस। वा 9852821267 मा whatsapp गर्नुहाेस। तपाईंको सेवामा सधैं समर्पित छाैं। भनेर उहाँले करदाता सेवा कार्यालय राजविराजको फेसबुक पेजमा स्टाटस लेखेका छन्।


करदाता सेवा कार्यालय राजविराजमा पहिलो पटक यस्तो कार्यालय प्रमुख आएको हो जसले सेवाग्राहीलाई प्राथमिकतामा राखेर बिचौलियालाई निषेधित गरेका छन्।
कर तिर्न आउने र कर तथा भ्याटबारे जानकारी नभएका व्यक्तिहरूसँग काम गराइदिने बहानामा बिचौलियाहरुले मोटो रकम असुल्ने गरेको छ।
यसलाई कार्यालय प्रमुख सर्राफले रोकेका छन्। उहाँको प्रयास करदातालाई स्वयम कर बारे सही जानकारी मिलोस् भन्ने नै हो।
कार्यालय प्रमुख सरार्फ भन्छन- करदाताले आफूले तिरेको करवारे जानकारी प्राप्त होस् र उनीहरुको कुनै जिज्ञासा भए सिधै कार्यालय प्रमुखसँग राख्न सकोस भने उदेश्यले नै मैले बिचको मान्छेलाई निषेधित गर्न खोजेका हौं ।
कार्यालयले बाहिरबाट आउने आम सर्वसाधारण सेवाग्रहीका लागि छुटै कम्प्युटरको व्यवस्था समेत गरेको छ । सेवाग्रहीले कुनै विवरण वा सो कार्यालय सँग सम्बन्धित काम गर्न सकिने गरी कम्प्युटरको व्यवस्था गरिएको हो ।
सरार्फ कार्यालय प्रमुख आएदेखि कार्यालयको कामकाजमा परिर्वतन आएको र बिचौलियाहरु रिसाएको बताउँछन स्थानीय सेवाग्रही राजदेव यादव । उनी भन्छन- उहाँले गरेको एउटा काम मलाई मन परियो त्यो हो, कार्यालय परिसरमा बिचौलियाको अन्त्य गर्ने प्रयास यो एकदमै सराहनिय छ, करदाता सेवा कार्यालयमा धेरै नै सुधार भएको उनको भनाई छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर