काठमाडौं,२२ फाल्गुन । गृह मन्त्रालयले ६ जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी खटाएको छ। बिहीबार ७ जना सहसचिवको सरुवा तथा पदस्थापनको निर्णय गर्दै ६ जिल्लामा प्रमुख जिल्ला अधिकारी हेरफेर भएका हुन्।
सहसचिव दिव्यराज पोखरेल संखुवासभा, नरहरि घिमिरे खोटाङ, विजयराज सुवेदी ओखलढुंगा, शशिधर घिमिरे नुवाकोटको प्रमुख जिल्ला अधिकारीमा पदस्थापन भएका छन्। नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीलाई गृह मन्त्रालय सरुवा गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।







