काठमाडौं,२२ फाल्गुन । सप्तरीको बहुचर्चित गाँजा काण्डको रूपमा परिचित हुन लागेको एक जना पत्रकारकै संग्लनता रहेको मिडियामा समाचार आएपछि प्रेस युनियन धनुषाका उपाध्यक्ष घनश्याम मिश्राले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
नेपाली काँग्रेस निकट प्रेस युनियनबाट नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य बनेकी सप्तरीकी ललिता कुमारी साहको गोदामबाट २४ क्विन्टल भन्दा बढी गाँजा बरामद भएको घटना सार्वजनिक भएपछि मिश्राले राजिनामा दिएका हुन् ।
मिश्राले सामाजिक सञ्जालमा गाँजा बरामद भएको समाचारको स्क्रीनसर्ट राखेर लेख्दै भनेका छन् –हो यो समाचार सत्य हो । भन्दै उसले राजिनामा दिएको बताएका छन ।
मिश्राले नेपाल पत्रकार महासंघको साधारण सदस्यबाट समेत राजिनामा दिएका छन् ।


प्रेस युनियनमा आबद्ध रहेकी महासंघकी केन्द्रीय सदस्य साहको यस अघि सेनेटरी प्याड प्रकरणमा भएको भ्रष्टाचारको मुद्धा सेलाउन नपाउँदै अर्को घट्ना बाहिरिएपछि आर्जित भएर मिश्राले राजिनामा दिएको सहजै अनुमान लगाउन सकिन्छ ।
महासंघकी केन्द्रीय सदस्य साह प्रोपराईटर रहेको लक्ष्मी टेड्रर्स एण्ड सप्लायर्सबाट कोभिड १९ का बेला जिल्लाको रुपनी गाउँपालिकामा सेनेटरी प्याड बजार मूल्य भन्दा दोबर मुल्यमा दिएको भन्दै अख्तियार दुरुउपयोग अनुसन्धान आयोग ईटहरीले उनी सहित त्यसमा संग्लनहरुमाथि भ्रष्टाचार मुद्धा दायर गरेको थियो । मुद्धा दायर भएपछि सेनेटरी प्याड बापत आएको रकम रुपनी गाउँपालिकाको खातामा ब्याज सहित जम्मा गरेपछि उक्त मुद्धामा विषेश अदालतबाट सफाई पाएका थिए । तर अख्तियारले विषेशकोे फैसलामा चितनबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
मुद्धा अहिले पनि सर्वोच्चमा चलिरहेको छ । त्यस बखत पनि साह पत्रकार महासंघकी केन्द्रिय सदस्य थिईन ।
के हो बहुचर्चित गाँजा काण्ड

यहि फाल्गुन १९ गते सोमबार सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेपाल प्रहरीका एसपी ढकेन्द्र खतिवडा, सशस्त्र प्रहरी बल लगायतको जिल्ला स्थित रहेका सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा राजविराज नगरपालिका वडा नं ९ मलेठ विहारपुर स्थित रहेको नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता कुमारी साहको श्रीमान् राज नारायण साहको नाममा दर्ता रहेको जग्गामा फलामको किल्ला बनाउने फ्याक्ट्रीको गोदाममा छापा मार्दा २४ क्विन्टल भन्दा बढी गाँजा,विभिन्न किसिमका हार्डवेयर समान, म्याद गुर्जिएको डिलक्स ब्राण्डको स्यानिटरी प्याड, लता कपड़ाका साथै बिआर ०– जेबी ९७३५ नम्बरको भारतीय स्कर्पियो, बा.२१च ८६८७ र बा.१३च ७२८८ लेखिएको खाली नम्बर प्लेट र डब्लु बि १५५८ नम्बरको अल्टो कार र माल लोड गर्दै गरेको दुई वटा ट्रक समेत बरामद गरेको थियो।
फेला परेको स्कोर्पियोमा सिट रहेको छैन। यसअघि जिल्लाकै हुलाकी राजमार्गको राजगढ गाउँपालिका क्षेत्रबाट गाँजा बोकेको दुई मध्ये एक सकर्पियो प्रहरीले पक्राउ गरेका थिए । पक्राउ गरिएको स्कोर्पियोमा पनि सिट नरहेकोले सो घटनाका बखत भागेको स्कोर्पियो यही हो कि भन्ने आशंका गर्ने छुट प्रहरी लगायत आम नागरिकले पाएका छन्।

प्रमुख जिल्ला अधिकारी भोला दाहाल नेतृत्वको टोलीले उक्त गोदामबाट ट्रकमा लोड गर्दै गरेको बोराको समान शंकास्पद लागेपछि गाड़ी रोकी गोदाम नजिक पुगी सोध खोज गरेका थिए । शंका लागेपछि गोदामका मालिकलाई फोन सम्पर्क गरी बोलाए पनि आउन नमानेपछि प्रहरी लगाएर गोदामको ताल्चा तोडी खानतलासी गरेको बताएका थिए ।
किन डराएको होला प्रहरी ?
फाल्गुन १९ गते भएको छापामारी घट्नाको आज तीन दिन बित्दा पनि सप्तरी प्रहरीले भने गोदामको मालिक को हुन् र प्रहरीले कसलाई फोन गरेर बोलाएको अहिले सम्म खुलाएका छैनन् । नत प्रहरीले आधिकारिक रूपमा जग्गाको स्वामित्व र जग्गामा रहेको घर गोदाम कसको हो भन्न सकेको छ । प्रहरी कतै गोदाम घर धनि पत्रकार महासंघकी केन्द्रीय सदस्य संग्लन रहेकोले घट्ना दबाउने र अन्यत्र तिर मोड्ने प्रयास त भैरहेको छैन भने शंका आम नागरिकले गर्न थालेको समाजसेवी राजदेव यादवले बताए ।
समाजसेवी यादव भन्छन् – यो घटनामा एक जना पत्रकारकै संग्लनता छ कि भने कुरा आएको छ, प्रहरी किन डराएको होला थाहा भएन उनले । यस्तै प्रकृतिको घट्ना यदि पावर र पहुँच नभएका सर्वसाधारण नागरिकको भएको भए सबै नाली बेली आइसकेको हुन्थियो उनले झोकिदै भने ।

प्रहरीले सार्वजनिक गर्न नसकेपछि हाम्रो टिमले गाँजा बरामद भएको घर धनि र जग्गाको स्वामित्व वारे बुझन मालपोत कार्यालय सप्तरी र राजविराज नगरपालिकाको कार्यालय सम्म पुग्यौ त्यहाँबाट हामीले प्राप्त गरेको प्रमाण हेर्दा बजारमा चर्चामा रहेको विषय संग मिलेको छ । २४ क्विन्टल भन्दा बढी गाँजा बरामद भएको गोदाम पत्रकार महासंघकी केन्द्रिय सदस्य ललिता कुमारी साहको श्रीमान् राज नारायण साहकै नाममा दर्ता रहेको भेटियो ।
उनले राजविराज नगरपालिकाबाट नक्सा पास समेत गराएको प्रमाण हेर्दा हामीले यो समाचार तयार पारेका हौं । हाम्रो उद्देश्य कसै माथि दोष लगाउने कसैको चरित्र हत्या गर्ने होइन्, सत्य जे छ त्यही देखाउने हो ।
प्रमाण यही हो हेर्नुस


पत्रकार साहका श्रीमान् राज नारायण साह राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति पार्टीका नेता समेत हुन् ।
किन पत्रकार साह माथि नै प्रश्न?
वि.स.२०७७ सालमा रुपनी गाउँपालिकामा भएको सेनेटरी प्याड खरिद प्रकरणमा भ्रष्टाचार भएको विषयमा अख्तियारमा मुद्धा दर्ता भएपछि साह नै प्रोपराईटर रहेको लक्ष्मी टेड्रर्स एण्ड सप्लायर्स राजविराजले डिलक्स ब्राण्डको सेनेटरी प्याड रुपनी गाउँपालिकालाई बेचेका थिए । अहिले उक्त गोदामबाट बरामद भएको प्याड पनि सोही ब्राण्ड, मिति र नेपाल सरकारबाट निःशुल्क वितरणको लागि लेखिएको प्यााड ठूलो मात्रामा भेटिएको छ ।

साह र निजका श्रीमान्ले संचालन गरेको फलामको काँटी उधोगका मेशिनहरु समेत गोदाम घरमै भेटिएको छ । यस कारण पनि यो गाँजा पनि साहकै हुन कि शंका गर्ने छुट सबैलाई छ । हामीले यो समाचारमा उक्त गोदाम काँटी(फलामको) किल्ला बनाउने फयाक्ट्रीबाट बरामद भएको माल समान र गाँजा पत्रकार साहकै हो भने यकिन भन्न प्रहरी प्रतिवेदनको प्रतिक्षामै छौं । प्रहरी प्रतिवेदन नआउन्जेल सम्म पत्रकार साह शंकाको घेरामै रहेको देखिन्छ ।









