राजविराज, १९ फाल्गुन । सप्तरीको महादेवा गाउँपालिका–३ मा १५ वर्षीया नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
फागुन १५ गते राति करिब ९–१० बजे, पीडित नाबालिका घर बाहिर पिसाब फेर्न निस्कँदा कैला भनिने १९ वर्षीय सुमित कुमार यादवले उनलाई जबरजस्ती धरपकड गरी नजिकै रहेको आफ्नो किराना पसलमा लगी जबरजस्ती करणी गरेको पिडितले बताएकी छिन ।
घटनाबारे जानकारी पाउनासाथ प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले फागुन १६ गते बिहान १२ बजेको समयमा अभियुक्त यादवलाई पक्राउ गरेको हो।
हाल उनलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भैरहेको सप्तरी प्रहरीले जनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर