राजविराज,१९ फागुन । सप्तरीको सप्तकोशी नगरपालिका–१ फत्तेपुर (खोरियाटोल)मा सोमबार बाघको आक्रमणबाट ३ जना घाईते भएका छन्। बाघको आक्रमणबाट स्थानीय अन्दाजी ६० वर्षीय गणेश खत्री, ५० वर्षीय कृष्ण विष्ट, ५० बर्षिय रिजना गोसाइ घाईते भएका हुन् ।
विहान एक्कसी बाघले आक्रमण गरि घाइते भएका तीनै जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
बाघ स्थानीय फर्निचर उद्योगमा पसेको स्थानीयले बताएका छन् । फत्तेपुर प्रहरी चौकीको टोली बाघ खेदन खटिएको छ।
गाउँ पसेका बाघ नियन्त्रणका लागि कोशी टप्पु वन्य जन्तु आरक्षमा समन्वय भईरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डीएसपी महेन्द्र नेपालले बताए।
उक्त बाघ टप्पुबाट आएको हुन सक्ने प्रहरीको अनुमान छ।







