नेपाल समाजवादी पार्टी (नयाँशक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईको निजी सचिवालयमा बुटवलका अमित खनाल नियुक्त भएका छन् ।

युवा इन्जिनियर भट्टराईको सचिवालयमा प्रेस तथा आईटी विभाग हेर्नेगरी नियुक्त भएका हुन् । खनाल मेकाट्रोनिक्स इन्जिनियर हुन् ।

इन्जिनियर खनाललाई आफ्नो सचिवालयमा नियुक्त गरेको जानकारी दिँदै डा. भट्टराईले नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्‍याउन सहयोगी हुने अपेक्षा गरेको बताएका छन् ।

‘युवा मेकाट्रोनिक्स इन्जिनियर तथा डिजिटल क्रियटर अमित खनाललाई आफ्नो निजी सचिवालयमा प्रेस तथा आईटी विभाग हेर्ने गरी नियुक्ति गर्न पाउँदा खुशी छु’, डा. भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नाती पुस्तासँगको सहकार्य वैकल्पिक राजनीतिक अभियानलाई सार्थक परिणाममा पुर्‍याउन सहयोगी हुने अपेक्षा गरेको छु। सबैको सद्‌भाव र सहयोगका लागि हार्दिक आग्रह गर्दछु ।’

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर