सप्तरी,९ फाल्गुन । मधेश प्रदेशका पूर्व उपसभामुख उपमा देवले सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा केही दिनयता दलित समुदायमाथि विभिन्न बहानामा भईरहेको घटनामा संग्लन दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।
कोशी टेलिभिजन सँग संक्षिप्त प्रतिक्रिया दिदै पूर्व उपसभामुख देवले दलित समुदायमाथि भइरहेको हिंसा, बलात्कार, र अन्तरजातीय विवाह गर्ने जोडीमाथि गर्ने गरेकोे दमनप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कानुनी कठघारामा ल्याई पीडितलाई न्याय दिन सरकार सँग माग गरेकी छिन ।
सिरहाको नवराजपुर गाउँपालिका–१ मा १७ वर्षीया दलित किशोरी रिङ्कुकुमारी सदामाथि भएको सामूहिक बलात्कारपछि उनको मृत्यु प्रकरण अत्यन्त शंकास्पद भएको भन्दै निष्पक्ष छानबिन गर्न माँग गरिन, त्यस्तै सर्लाहीमा सत्येन्द्रकुमार राम र नेहा रौनियार गुप्ताको अन्तरजातीय विवाहमा भएको हस्तक्षेप अशोभनिय रहेको बताउनुभयो । नेपालको कानुनले नै अन्तरजातीय विवाह गर्न पाउने व्यवस्था रहेकाले जातकै अधारमा विभेद गर्न नहुने उहाँले बताउनुभयो ।
सिरहाको नवराजपुर गाउँपालिका–१ मा १७ वर्षीया दलित किशोरी रिङ्कुकुमारी सदामाथि वि.सं.२०८१ साल माघ २७ गते सोही वडाका रुपेश मण्डल, चन्दन साह र रामविनय मण्डलले किशोरीलाई सामूहिक बलात्कार गरेको पिडित पक्षको आरोप छ । बलत्कार जस्तो जघन्य अपराध लुकाउन गाउँमै मिलापत्र गर्न दबाब दिदै पञ्चहरुले १ लाख ४० हजार रुपैयाँ पीडित सदा परिवार लिन लगाएको बुझिएको छ ।
घटना भएको ३ दिनपछि बलत्कृत युवती वि.सं.२०८१ माघ ३० गते मृत अवस्थामा फेला परेकी थिइन्। सामूहिक बलात्कार आरोपमा संलग्न रहेको भन्दै ८ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय सिरहामा किटानी जाहेरी दर्ता भएपनि हाल सम्म कसैलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।







