सप्तरी। मधेश प्रदेशका प्रहरी नायव महानिरीक्षक लालमणी आचार्यले सप्तरीको प्रहरी युनिटहरुको निरीक्षण अनुगमन गरेको छ।
बुधबार सप्तरी आउनु भएका प्रहरी नायव महानिरीक्षक आचार्य जिल्लाको विभिन्न नाकाहरुबाट हुने अवैध कारोबार रोक्न प्रहरी युनिटहरुलाई सचेत गराएका छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडा सँगै जिल्लाको विभिन्न प्रहरी युनिटको अवलोकन निरीक्षण गरी तहाँ कार्यरत प्रहरी जवान देखि प्रहरी अधिकृतहरुलाई शान्ति सुरक्षामा प्रभावकारी प्रहरी परिचालन,सिमा अपराध,अपराधिक गतिबिधि नियन्त्रण गर्ने, सिमा नाकाहरुबाट हुने अवैध भन्सार छलि चोरी निकासी पैठारी नियन्त्रण तथा फरार अपराधी पक्राउ,प्रहरी आचरण तथा अभिलेख व्यवस्थापन सम्बन्धी निर्देशन दिनुभएको छ ।

डिआईजी आचार्यले थुनुवा हिरासत कक्ष समेतको निरीक्षण गर्नु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर