सप्तरी,७ फाल्गुन। गैर सरकारी संस्था महासंघ नेपाल शाखा सप्तरीको १२ औं साधारण सभा एक कार्यक्रमका बीच बुधवार सम्पन्न भएको छ।
गैसस सप्तरीका अध्यक्ष दीपक कुमार झाको अध्यक्षता तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष ध्रुव देवको प्रमुख आतिथ्यमा सम्पन्न सभामा सप्तरी जिल्लामा क्रियाशील रहेका गैर सरकारी संस्थाहरुको सहभागिता रहेको थियो।
साधारण सभाको बन्द शत्र पनि आजै सम्पन्न भएको छ बन्द शत्रमा सह-सचिव नवीन नरसिंह नेपालीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन साधारण सभाले पारित गरेको छ। प्रतिवेदनमा संस्थाको आन्तरिक सुधारका विषयहरु समेत उठाइएको छ।
कार्यक्रममा विशिष्ठ अतिथि गैसस मधेश प्रदेशका कोषाध्यक्ष लक्ष्मन यादव, सेभ द चिल्ड्रेनका मकर बहादुर सार्की, वरिष्ठ गैससकर्मी राधा बल्भब लाल कर्ण, कल्पना झा, आशा साह, राधा अर्याल, कलाकार भूपेन्द्र मंडल लगायतले मन्तव्य व्यक्त गरेका थिए।
स्वागत मन्तव्य गैसस सदस्य पार्थों सरकारले गरेका थिए। भने कार्यक्रम संचालन नीर बहादुर आले मगरले गरेका थिए।
गैसस महासंघ सप्तरीमा हाल २०९ वटा संस्था आबद्ध रहेको काबा सचिव नवीन नरसिंह नेपालीले जानकारी दिनुभयो । 







