काठमाडौं । माइतीघरमा आयोजित मुकुमलुङ संरक्षण संघर्ष समितिको बिरोध प्रदर्सन कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले भन्नुभयो – “यो देश लिम्बुको हो कि होइन? हो भने सार्बभौमसत्ता साझा गर्नुपर्छ । लिम्बुवान स्वात्तता हुनुपर्छ । लिम्बुवान राज्य भएको भए केबुलकार बन्ने निर्णय नै हुने थिएन। आफ्नो राज्य भएन भने उसको लोकतन्त्र पनि हुदैन, मानव अधिकार पनि हुदैन ।” उहाँले भन्नुभयो -अहिले केवलकार निर्माण जारी राखेको छ, आन्दोलनकारी पक्राउ गरिरहेको छ तर वार्ताको नौटन्की गर्दै छ। यसरी तर्साएर डराएर धम्काएर वार्ता हुदैन।”
दमन गर्ने, गोलि हान्ने जस्तो काॠ राज्य सधै गर्दै आएको छ, छुट्टाछुट्टै लडदा दमन गर्छ नै त्यसैले अब हामी सबै मिल्नु पर्छ।
केवल लिम्बु समुदायको सहभागिताले मात्र अहिले पनि सफलता सम्भव छैन, सम्पूर्ण उत्पीडितहरुको एकता आवश्यक छ।

उपरोक्त सवाल केवलकार वा रोजिरोटी संग संबंधित सवाल मात्रै होइन, यो बैचारिक दार्शनिक सवाल पनि हो । सम्पुर्ण बिजय प्राप्तको निम्ति स्वदेशी सत्ता चाहिन्छ। त्यसैले मधेसी-आदिवासी अधिकार रक्षा गर्न राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य छ।मुक्कुम्लुडको संघर्षले राष्ट्रिय मुक्ति क्रान्तिको औचित्य थप स्पष्ट पार्दैछ।
अब वहुलराष्ट्रिय राज्य स्थापनाका लागि लामबद्ध हुन जरुरी छ।
नश्लीय सरकारको गलत नियत भण्डाफोर गर्दै मुन्धुमी आस्था स्थल र सांस्कृतिक सम्पदा जोगाउन सबै एकजुट हुनुपर्छ।” उहाँले भन्नुभयो अब लिम्बू एक्लै छैन, उ संग मधेस उभिएको छ। एक्लै लडदा गरिएको दमन झैँ सधै दमन गर्छु नसोचे हुन्छ, अब सबै एक हुने हो र इट को जवाफ पत्थरले दिइने छ।”

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर