८ माघ, काठमाडौं । धरानलाई खानेपानी माग्दै रित्तो गाग्री बोकेर काठमाडौं आएका उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ सिंहदरबारस्थि खानेपानी मन्त्रालयमा पुगेका छन् ।

उनी संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्‍दै रित्तो गाग्री बोकेर सोमबार काठमाडौं आएका थिए ।

आज रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने तयारी गरेको भए पनि उनी खानेपानी मन्त्रालयभित्र गाग्रीविनै पुगेका छन् । गाग्रीसहित प्रवेश गर्न नपाइने भएकोले उनलाई गाग्रीविनै गेटबाट सुरक्षाकर्मीले प्रवेश गराएका हुन् ।

उनले यसअघि धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर