सरकारले निजामती सेवाका राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृतहरूको सरुवा गरेको छ।
सरकारले गरेका विभिन्न २८ वटा निर्णयहरू आज (सोमबार) सार्वजनिक गरेको छ।

जसमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईलाई उपराष्ट्रपतिको कार्यालय सरुवा गरिएको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव भरतमणि सुवेदीलाई निर्वाचन आयोगमा पठाइएको छ।
यस्तै, युवा तथा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ल्याइएको छ।
यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला सार्वजनिक खरिद अनुगमन कार्यालय (सचिव), महालेखा लियन्त्रक कार्यालयक (महालेखा नियन्त्रक) विनोदप्रकाश सिंह संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र उपराष्ट्रपतिको कार्यालयका सचिव लक्ष्मीकुमारी बस्नेतलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय पठाइएको छ।






