सर्लाही,७ पुस। सामाजिक बिकृति, विसंगति र कुप्रर्थाको अन्त्यका लागि नेपालका सामुदायिक रेडियोहरुले खेलेको भूमिका प्रशंसनिय रहेको सामुदायिक रेडियो प्रसारक संघ नेपालका केन्द्रीय उपाध्यक्ष नवीन नरसिंह नेपालीले बताउनु भएको छ।
सामुदायिक रेडियो प्रसारक संघ मधेश प्रदेश कार्य समितिका नव निर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण तथा पदस्थापन कार्यक्रमको प्रमुख अतिथिको आसन्नबाट बोल्दै केन्द्रिय उपाध्यक्ष नेपालीले सो कुरा बताउनु भएको हो ।
नेपालका सामुदायिक रेडियोहरु ग्रामीण क्षेत्रमा सूचनाको भरपर्दो माध्यमको रूपमा स्थापित रहेकोले मधेश प्रदेश भित्रका सामुदायिक रेडियो संचालकहरुले अझ सशक्त र उच्च मनोबलका साथ अगाडी बढनु पर्नेमा जोड दिनुभयो ।


सामुदायिक रेडियो प्रसारक संघ नेपाल मधेश कार्य समितिका निवर्तमान प्रदेश अध्यक्ष मनोज कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला वन डिभिजन कार्यालय सर्लाहीका प्रमुख सन्तोष कुमार झा, रेडियो सौगात लहानका प्रतिनिधि भारती गुप्ता, प्रेस मंच सर्लाहीका सचिव कृष्णा सिंह लगायतले शुभ कामना मन्तव्य व्यक्त गरेका थिए ।
सामुदायिक रेडियो प्रसारक संघ मधेश प्रदेशका नव निर्वाचित अध्यक्ष उपासना तिवारीले प्रदेश भित्रका सामुदायिक रेडियोको पीडा आफ्नो साझा पीडा रहेकोले सबै संग हातेमालाे गरी अगाडि बढने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रम संचालन रेडियो एकता सर्लाहीका स्टेशन म्यानेजर प्रकाश मैनालीले गर्नुभएको थियो।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर