सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्वीकृत गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर १७ गतेदेखि हुन लागेको प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत गरेको हो।

भ्रमण मंसिरको १७ देखि २० गतेसम्म हुनेछ। भ्रमणमा निजी क्षेत्रको ठूलो उपस्थिति रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले बताए।

निजी क्षेत्र, सांसदहरु र परराष्ट्रमन्त्री मात्रै हुने र अन्य विज्ञहरु मात्रै रहेको बताए। न्युनतम संख्यामै जान लागिएको उनको भनाई थियो। भ्रमणको एजेण्डाको बारेमा छलफल जारी रहेको उनले बताए।

उनले भने, ‘प्रधानमन्त्रीज्यूको नेतृत्वमा चीनमा हुन गइरहेको भ्रमण मंसिर १७ देखि २० गतेसम्मको भ्रमण स्वीकृत भएको छ। एजेण्डाको बारेमा थप छलफल भइरहेको छ।’

प्रधानमन्त्रीको भ्मण टोलीमा ८७ जनाको संख्या रहेको र धेरै निजी क्षेत्रबाट उपस्थिति रहेको उनले जानकारी दिए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर