विराटनगर । नेपाल र भारतका पत्रकारहरुको सम्बन्ध सुमधुर हुनुपर्ने एक कार्यक्रमका सहभागी वक्ताहरुले जोड दिएका छन् ।
भारतको बिहार राज्य स्थित सुपौल जिल्लाको त्रिवेणीगंजमा बुधबार आयोजित एक कार्यक्रमका सहभागी वक्ताहरुले यस्तो बताएका हुन् ।
प्रेस क्लब त्रिवेणीगंज सुपौलद्वारा आयोजित प्रेसका बदलता स्वरुप विषयक अन्तरक्रिया कार्यक्रममा नेशनल यूनियन आफ जर्नलिस्ट विहार,जिल्ला इकाई प्रमंडलीय पत्रकार सम्मेलन २०२४ का सहभागी बक्ताहरुले उक्त जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै बक्ताहरुले नेपाल तथा भारतका पत्रकारहरुलाई आउने कुनैपनि समस्या समाधानमा दुबैदेशका पत्रकारहरु एकताबद्ध हुनुपर्ने बताए । नेपाली तथा भारतीय पत्रकारहरुको सम्बन्ध विगतदेखि नै राम्रो भएको चर्चा गर्दै बक्ताहरुले दुइदेश वीचको पत्रकारहरुको सम्बन्ध थप सुमधुर हुनुपर्नेमा जोड दिए ।
प्रविधिको विकाससंगै पत्रकारकारीता क्षेत्रको स्वरुप पनि बदलिदै गएकोले परिस्थिति अनुसार पत्रकारहरु सोही अनुरुप आफूलाई स्थापित गर्दै जानुपर्ने उनीहरुको जोड थियो ।
उनीहरूले नेपाल तथा भारतका कुनैपनि कुनाका पत्रकार भनेको एउटै जात भएको भन्दै दुबै देशमा पत्रकारमाथि हुने दमन शोषण र अन्याय विरुद्ध एकजुट हुने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेशनल यूनियन आफ जर्नलिस्ट विहार प्रदेश अध्यक्ष राकेश प्रवीन,महासचिव विश्वकान्त ओझा, सामुदायिक रेडियो संघ नेपालका केन्द्रीय उपाध्यक्ष नवीन नरसिंह नेपाली, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य प्रेस स्वतन्त्रता सेनानी देवराम यादव, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष बेदराज पौडेल, माया घर नेपाल इटहरीकी अध्यक्ष एवम् पत्रकार सुभभद्रा, प्याकुरेल स्थानीय पत्रकार अर्विनद ठाकुर,गोविन्द प्रविन लगायतका वरिष्ठ पत्रकारहरुले आ-आफ्नो विचार व्यक्त गरे । नेशनल यूनियन आफ जर्नलिस्ट बिहार, सुपौल जिल्ला अध्यक्ष उपेन्द्र चंदनको अध्यक्षता कार्यक्रम सम्पन्न कार्यक्रममा प्रमंडलीय पत्रकार सम्मेलनमा नेपाल तथा भारतका विभिन्न प्रदेश तथा जिल्लाका पत्रकारहरु तथा स्थानीय प्रशासनका प्रमुखहरुको सहभागीता रहेको थियो । 
News credit by Birijman Tamang







