राजविराज, १४ कात्तिक । बिहीबारदेखी राजविराजस्थित राजरंगशालामा “राजविराज महोत्सव २०८१” सुरु हुने भएको छ ।
महोत्सव मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलनगरी कात्तिक १५ गते बिहीबारदेखी सुरु हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
ड्रिम नेपाल युवा संघ सप्तरीको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा हुने महोत्सव कार्तिक २५ सम्म चल्ने महोत्सव मूल आयोजक समितिका संयोजक चितरन्जन यादवले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
महोत्सवको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत प्रवीनले उद्घाट्न गर्ने कार्यक्रम तय भएको उहाँले बताउनुभयो । महोत्सवले कला, संस्कृती, कृषि, पर्यटन, उद्योग, ब्यापार र आर्थिक समृद्धिका लागि टेवा पु¥याउने अपेक्षा आयोजकले गरेको छ।
महोत्सवमा स्थानिय स्तरका विभिन्न उत्पादन र कला संस्कृती झल्किने वस्तु सहितका ४० वटा स्टल रहने ड्रिम नेपालका अध्यक्ष कमल किशोर साहले जानकारी दिनुभयो ।
स्थानिय स्तरका उत्पादनलाई प्रोत्साहन गर्न १० वटा स्टल निशुल्क उपलब्ध गराईनेछ।
ड्रिम नेपाल युवा संघका सचिव मुस्तकिम आलमले महोत्सवमा प्रवेश शुल्क रु ५० को टिकट निर्धारण गरिएको बताउँदै ५ बर्ष मुनिका बालबालिका, जेष्ठ नागरिक र संचारकर्मीका लागि भने प्रवेश शुल्क निशुल्क गरिएको जानकारी दिनुभयो ।
यस्तै प्रवेश शुल्कमा खेलाडीलाई ५० र विद्यार्थीलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । ६४ लाख रुपैया खर्च हुने अनुमान गरिएको महोत्सवका लागि विभिन्न संघ संस्था र पालिकाले सहयोग गर्ने आयोजकको
विश्वास छ । महोत्सव भव्य र सभ्य रुपमा सम्पन्न गर्न गेट, फिल्ड, मञ्च, खेल , शान्ति सुरक्षा, स्टल, स्वयंसेवक परिचालन र निगरानी लगायतका विभिन्न १२ वटा उपसमिति समेत बनाईएको छ ।
यस्तै महोत्सवमा कुनै खाले अप्रिय र आपराधिक घट्ना हुन नदिन निगरानीका लागि १५ वटा सिसिटिभी क्यारा समेत जडान गरिएको आयोजक समितिले जनाएको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर