नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग निकै नै दुरी बढेसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सरकारबाट बाहिरिनु परेको थियो ।
आज समय फेरिएको छ फेरी उपेन्द्र यादव उनै ओली नेतृत्वको सरकारमा जान तयार भएका छन । यस प्रमुख शुत्रधार नेपाली काँग्रेस बनेको छ।
काग्रेस सभापति शेर बहादुर देउवासँग पटक पटकको सम्वाद पछि काग्रेसले उपेन्द्र यादव नेतृत्व जसपा नेपाललाई बोक्न तयार भएको हो ।
काग्रेसले बोक्न तयार भएपछि यादव पुनः सरकारमा सामेल हुने भएका छन । यादव आफै ओलीसँगको बैठकमा नगई उपाध्यक्ष राजकिशोर यादवलाई पठाएको बुझिएको छ ।
नेकपा एमाले र नेकपा माओवादी नेतृवको सरकारमा जसपा नेपाल सहभागी थिए ।
सता गठबन्धनमा खटपट भएपछि उपेन्द्र यादव काग्रेस सँग मिलेर सरकार परिवर्तन गर्न लागेको भन्दै प्रचण्ड र ओलीले यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई फुटाएको यादवको आरोप छ ।
अहिले जनता समाजवादी पार्टी नेपाल सँग अलग भएर अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टी पनि सरकारमा छन ।
राई नेतृत्वको जसपाबाट प्रदिप यादव खानेपानी मन्त्री छन। भने नवल किशोर साह महिला बालबालिका मन्त्री रहेका छन ।
ओली नेतृत्वको सरकारमा नेपाली कागेँस, महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी,अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, सिके राउतको जनमत पार्टी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सहित ७ दल सहभागी रहेका छन ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर