बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह ७८ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिएको टोलीले घुससहित नियन्त्रणमा लिएको हो ।

बिल भुक्तानी गरेवापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले घुस रकम लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका-४ को कार्यालय जाने बाटोबाट नियन्त्रणमा लिइएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर