निषेधाज्ञा लागिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध प्रदर्शन गरेपछि पोखरामा झडपको स्थिति पैदा भएको छ ।

आइतवार निषेधित क्षेत्रमा ठूलो संख्यामा रहेका प्रदर्शनकारीले विरोध प्रदर्शन गरेपछि उनीहरू र प्रहरीबीच धकेलाधकेलको स्थिति आएको हो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोरखा मिडियामा ल्याएर अपचलन गरेको आरोपमा रास्वपाका सभापति लामिछानेमाथि संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिस गरेको थियो । यसैले थप अनुसन्धानका लागि शुक्रवार प्रहरीले लामिछानेलाई पक्राउ गरी पोखरा लगेको हो ।

आइतवार उनलाई म्यादका लागि जिल्ला अदालतका कास्कीमा उपस्थित गराइँदैछ ।

तर रास्वपाका केन्द्रीय नेताहरूले विरोधस्वरुप कास्की जिल्ला अदालतको गेटमै धर्ना दिएका छन् । डा स्वर्णिम वाग्ले र डा तोसिका कार्कीसहितका नेताहरूले जुलुसलाई निषेधित क्षेत्रतर्फ लगिरहेका छन् ।

रवि पक्राउपछि रास्वपाले देशभरबाट कार्यकर्तालाई पोखरामा उतारेको छ ।

रास्वपाका नेता कार्यकर्तामात्रै होइन पोखरामा सहकारीपीडितले पनि रकम फिर्ताको माग राख्दै विरोध प्रदर्शन गरेका छन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर