आम जनता पार्टी (जपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्राकृतिक स्रोतसाधनको जथाभाबी दोहन नरोकिए अवस्था भयावह बन्न सक्ने बताएका छन् । नदीखोलामा भइरहेको जथाभाबी उत्खनन बेलैमा रोकिनुपर्ने उनको भनाइ छ ।

दसैँ, शुभ दीपावली एवं छठ पर्वको शुभ अवसरमा रौतहटको प्रतापपुर पलटुवामा आज आजपाद्वारा आयोजित शुभकामना एवं भेटघाट कार्यक्रममा सहभागी साहले नेपाललाई मरुभूमि हुनबाट जोगाउनका लागि प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नुपर्नेमा जोड दिए ।

‘अहिले जथाभाबी भइरहेको प्राकृतिक स्रोतसाधनको उत्खननले नेपाल मरुभूमि बन्न सक्छ । सरकार आफै बिभिन्न कानून बनाई प्राकृतिक स्रोतसाधनको दोहन गरिरहेको छ । प्राकृतिक स्रोतसाधनको संरक्षण गर्नुपर्ने सरकारकै कमजोरीका कारण वातावरणमा परिवर्तन भई विपत्ति निम्तिँदै छ, तर सरकार सचेत छैन’ जपा अध्यक्ष साहले भने, ‘तराई मधेसमा गर्मीको समयमा चापाकल सुक्ने, तातो हावा आउने, गर्मी बढने गरेको छ । अहिले काठमाडौँ सहित पहाडमा समेत गर्मी बढ्दै गइरहेको छ ।’

प्राकृतिक स्रोतसाधनको अति नै दोहन भइरहेको बताउँदै उनले सरकार त्यसमा गम्भीर नभएको बताए । प्राकृतिक स्रोतसाधनको दोहन गरेर सरकार कमाउधन्दामा लागेको आरोप उनले लगाए । नदीखोलाको जथाभाबी उत्खनन रोक्न नसकेको सरकारले नागरिकको भविष्यसंग खेलवाड गरिरहेको उनले बताए ।
तराई मधेसको विकासका लागि नदीमा मजबुत तटबन्धको आवश्यकता रहेको जपा अध्यक्ष साहले बताए । बाढी, डुबानबाट जोगाउनका लागि तराई मधेसका नदीहरुमा मजबुत तटबन्ध आवश्यक रहेको उनले बताए ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर