काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा एउटा घर पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण गएराति पहिरो गएपछि स्थानीय भीमबहादुर तामाङको १ तल्ले घर पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र अर्की एक ४० वर्षीया महिला नक्कली तामाङको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्रका डीएपी शैलेन्द थापाका अनुसार धनकुटाको पाख्रिबास नगरपालिका-५ स्थित गुँरासे बस्ने सन्तोष तामाङ्गको कच्ची घर पहिरोले पुरिँदा उनकी श्रीमती ३२ वर्षीया आशा तामाङ र उनकी आमा ५० वर्षीया राम कुमारी तामाङ बेपत्ता भएका छन् ।

उनीहरूको खोजी कार्य भइरहेको थापाले बताए ।
यसैगरी पाँचथरको फिदिम नगरपालिका- ४ स्थित भदौरेमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उनीहरूको पहिचान खुलेको छैन ।
यसैगरी काभ्रेकै पनौती नगरपालिका- ११ थुम्की भन्ने स्थानमा पहिरोले ५/६ वटा घर पुरिँदा ४/५ जना बेपत्ता भएको खबर प्राप्त भएको उनले बताए ।






