
लगातारको वर्षाका कारण चितवनलाई राजधानी काठमाडौं जोड्ने मुख्य सडक नारायणगढ-मुग्लिन सडक अवरूद्ध भएको छ।
नारायणगढ-मुग्लिन सडक दबेका कारण ठूला गाडी आरपार हुन नसकेको डिभिजन सडक कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार नारायणगढदेखि २६ दशमलब तीन किलोमिटर पर मुग्लिनतर्फ सडक दबेको हो ।
दबेको ठाउँ पुरेर मर्मत गर्न शुरू भएको कार्यालयले जनाएको छ ।
यसैगरी पृथ्वी राजमार्ग पनि ठाउँ ठाउँमा अवरुद्ध भएको छ । राजमार्गको इच्छाकामना गाउँपालिका-४ घोप्टेभीरमा पहिरो खसेर बाटो पूर्णरूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ ।
