काठमाडौं –नेपाल राष्ट्रिय बांग्ला समाजले आफ्नो प्रथम वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न गरेको छ ।
बांग्ला भाषी समुदायले आफ्नो भाषा, संस्कृति, भेष–भुषा, रहन सहन, कलाकृति, धर्मको संरक्षण तथा जर्गेणा गर्ने उद्घेश्यले २०८० फाल्गुण २३ गते स्थापना गरेको नेपाल राष्ट्रिय बांग्ला समाज काठमाडौंले एक कार्यक्रम गरी आफ्नो प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सो कार्यक्रममा पार्थो सरकारको नेतृत्वमा ९ सदस्यीय कार्य समिति गठन भएको छ । यस संस्थाको केन्द्रिय उपाध्यक्षमा किरण कुमारी सरकार, सचिवमा दिपक कुमार भट्टाचार्य, कोषाध्यक्षमा बिन्दानन्द नुन्दी तथा सदस्यहरुमा रिया बनर्जी, प्रमोद चक्रवर्ती, किरण शंकर सरकार, पितास हल्दर, चन्दना सेन गुप्त निर्वाचित भएका हुन ।
सो कार्यक्रमका प्रमुख अतिथी संदिप कुमार झाले संविधानले व्यवस्था गरे अनुरुप हरेक जात, धर्म, संस्कृति, भाषीले आ–आफ्नो भाषा, संस्कृतिको जर्गेणा गर्न पाउने अधिकार प्राप्त गरेको हुँदा नेपालका बांग्लाभाषी नेपाली नागरिकले सबै किसिमका अधिकार प्राप्त गर्न सक्ने र सो को लागि यस समाजका नेतृत्वकर्ताले बेला बखतमा विभिन्न कार्यक्रम आयोजना गरी समाजलाई क्रियाशिल राख्न जोड दिए ।






