सरकारले २१ जना सचिवहरूको सरूवा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले एकैपटक धेरै सचिवहरूको सरूवा गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद निर्णय अनुसार रामप्रसाद घिमिरे अर्थ सचिव भएका छन्। यसअघि उनी राजस्व सचिव थिए।

त्यस्तै बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश घिमिरेलाई राजस्व सचिव बनाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद स्रोतका अनुसार यसअघि अर्थसचिव रहेका मधुकुमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरूवा गरिएको छ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर