काठमाडौँ । सरकारले पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि गरेको सिफारिसमा तुम्बाहाङ्फेलाई कोरियाको राजदूतका लागि सिफारिस गरेको हो ।

त्यस्तै चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली सिफारिस भएका छन् । सरकारले विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर ओलीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

त्यस्तै अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे र मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस भएको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत रहेका शंकर शर्मालाई भने निरन्तरता दिने निर्णय गरेको छ ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर