कोसी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ। नेकपा एमालेको नेतृत्वमा बनेको कोसी प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री बनेका माओवादी नेताहरूले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकार छाड्ने घोषणा गरेका हुन्।

उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीले सहमतिको सरकार बनाउन चाहेका कारण आफूहरूले सहज बनाएर राजीनामा दिएको बताएका छन्।

कोसीमा माओवादीका तर्फबाट तीन जना मन्त्री र एक राज्यमन्त्री थिए।

माओवादीबाट प्रदेशमा गणेश उप्रेती भौतिक पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण बुर्जामगर पर्यटन वन तथा वातावरण मन्त्री र बन्दना झागड वन पर्यटन तथा वातावरण राज्यमन्त्री थिइन्। उनीहरू सबैले राजीनामा दिन लागेका हुन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर