sf7df8f}F, !@ c;f/ . kfFr ljkIfL u7aGwn] zlgaf/ gofF afg]Zj/df cfof]lht zLif{g]tf / kqsf/ aLrsf] cGt/lqmofdf af]Nb} g]skf dfcf]jfbL s]Gb|sf cWoIf k’iksdn bfxfn …k|r08Ú . t:jL/ M /f]zg ;fksf]6f, /f;;

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै अल्पमतमा परेपछि संसद् विघटन गर्ने बानी परेकाले आफूलाई नैतिकता सिकाएको बताएका छन्।

शुक्रबार प्रतिनिधिसभाबाट पाँचौपटक विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी भएको दाबी गरे।

‘साथीहरूको आपसि विश्वास कमजोर भएर हो कि षडयन्त्र आफैँ सधैँ कमजोर हुने भएर हो तर्सिरहनुभयो। आफू अल्पमतमा परेपछि संसद्नै विघटन गर्ने बानी परेका र त्यसको समर्थन गरेका साथीहरूले समेत मलाई नैतिकताको पाठ सिकाउने प्रयास गर्नुभयो,’ उनले अघि भने, ‘म यत्ति भन्न चाहन्छु, यो संविधानमा नेकपा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी छ। यसलाई माओवादीले कमजोर बनाउँदैन, बनाउन पनि दिइने छैन।’

साथै, उनले एमाले र कांग्रेसबीचको समझदारीलाई जनताले अनुमोदन गरेको वा नगरेको भन्ने विषयमा चिन्ता लागेको बताए।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर