
पशुपतिको भेटी चोरी प्रकरणमा संग्लग्न भएको आरोप लागेर पक्राउ परेकामध्ये अधिकांशलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको छ ।
काठमाडौं जिल्ला अदालतले बुधबार ६ मध्ये ५ जनालाई थुनामा पठाउने आदेश दिएको प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी केशव थेबेलेलाई जानकारी दिए ।

न्यायाधीश कपिलमणि गौतमको इजलासले पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरे, सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सत्यनारायण जोशीलाई भने धरौटीमा रिहा गर्ने आदेश दिइएको छ ।