काठमाडौँ, २४ जेठ ः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद् बैठक सहभागी हुँदै प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मन्त्रिगण । तस्बिर ः प्रदीपराज वन्त÷रासस

काठमाडौं । सरकारले हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्सको नयाँ संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको छ । बैठकले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने निर्णय भएको उनले बताइन् ।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर