एमाले, माओवादी केन्द्र, जनमतसहितको गठबन्धबाट मधेस प्रदेशको मुख्यमन्त्रीमा दावी पेस गर्ने तयारीमा रहेका जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आफूहरुको पक्षमा बहुमत जुटिसकेको दाबी गरेका छन्।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। तर, यादवले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ।

मधेसमा लोसपाले साथ नदिए पनि हामीलाई बहुमत पुग्छ: महेशप्रसाद यादव

मधेसमा लोसपाले साथ नदिए पनि हामीलाई बहुमत पुग्छ: महेशप्रसाद यादव
जनमत पार्टी मधेस संसदीय दलका नेता महेशप्रसाद यादव

नेपालखबर
जेठ २३, २०८१ बुधबार १२:२२, काठमाडौँ
6
Shares

facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonwhatsएमाले, माओवादी केन्द्र, जनमतसहितको गठबन्धबाट मधेस प्रदेशको मुख्यमन्त्रीमा दावी पेस गर्ने तयारीमा रहेका जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले आफूहरुको पक्षमा बहुमत जुटिसकेको दाबी गरेका छन्।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। तर, यादवले प्रदेश सभाबाट विश्वासको मत पाउने सम्भावना न्यून देखिएको छ।

आज पाँचौँपटक विश्वासको मत लिँदै मधेसका मुख्यमन्त्री

‘उहाँ (सरोज यादव)ले विश्वासको मत पाउनु हुन्न,’ महेशप्रसादले केहीबेरअघि भने, ‘त्यो अवस्थामा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी गर्न भन्नुहुन्छ, त्यससपछि आम्रो गठबन्धनले दाबी पेस गर्ने तयारी छ।’

उनले एकीकृत समाजवादीले समर्थन गरेसँगै विपक्षी गठबन्धनसँग बहुमत पुगिसकेको पनि दाबी गरे।

‘चार दल (एमाले, जनमत, माओवादी केन्द्र र एकीकृत समाजवादी)का मात्रै सभामुखसहित ५४ सांसद छन्,’ यादवले भने, ‘१०७ सदस्यीय प्रदेश सभामा हामीलाई बहुमत जुटाउन ५४ मत नै आवश्यक पर्छ। मतदानमा जाँदा स्वतन्त्र दुई सांसदले पनि हामीलाई साथ दिने बचन दिनुभएको छ।’

उनले नेपाल सङ्घीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका एकएक जना सांसदले चार दलबीचको गठबन्धनलाई साथ दिने दाबी सुनाए। ‘त्यो अवस्थामा हामीलाई लोसपाको मतबिनै पनि सभामुखबाहेक ५५ सांसदको साथ हुन्छ,’ सांसदको हिसाब गर्दै उनले भने।

एमाले, माओवादी केन्द्र र जमतबीच मधेस सरकारको नेतृत्व जनमत पार्टीलाई दिने सहमति भइसकेको छ। सोहीअनुसार जनमत पार्टीको तर्फबाट सप्तरीबाट निर्वाचित महेशप्रसाद यादव मधेस प्रदेशको अबको मुख्यमन्त्री बन्ने चर्चा छ।

१०७ सदस्यीय मधेस प्रदेशसभामा नयाँ सरकार गठननको लागि ५४ जना सांसदको समर्थन आवश्यक पर्छ।

प्रदेश सभामा एमालेको सभामुखबाहेक २४, कांग्रेसका २२, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्र र लोसपा ९-९ र एकीकृत समाजवादीका ७ सांसद छन्।

मधेस प्रदेस सभामा नेपाल सङ्घीय समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका पनि एक-एक प्रदेश सांसद छन्। उनीहरुले पनि कता मतदान गर्छन् प्रष्ट भइसकेको छैन।

नौ सांसद रहेको महन्थ ठाकुर नेतृत्वको लोसपा हालका मुख्यमन्त्री यादवको पक्षमा उभिन्छ कि एमाले माओवादी गठबन्धको पक्षमा उभिन्छ, प्रष्ट भइसकेको छैन। मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कि नदिने लोसपाले अझै निर्णय गर्न नसकेको अवस्थालाई इंगित गर्दै यादवले लोसपाले मत नदिए पनि आफ्नो पक्षमा बहुमत पुग्ने दाबी गरेका हुन्।

कोशी टेलिभिजन

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर