
राजविराज,२१ जेठ। सप्तरीको राजविराजमा बाल क्लब स्दस्य र बाल क्लब पूर्व सदस्यहरुको प्रथम जिल्ला स्तरिय सम्मेलन सुरु भएको छ ।
सवल नेपालको पहलमा सेभ द सप्तरी, सेभ द चिल्ड्रेन,लाईभ नेपाल,आशमा खडक नगरपालिका र छिन्नमस्ता गाउँपालिका लगायतका विभिन्न संघ÷संस्थाको समन्वय एवं सहकार्यमा सम्मेलन सुरु भएको हो ।
बाल अधिकार सुनिश्चितताको लागि हाम्रो अभियान भने मूल नाराका साथ सुरु भएको सम्मेलन दुई दिन सम्म चल्ने सवल नेपालका नागरिक समाज सवलीकरण परियोजनाका कार्यक्रम संयोजक निर बहादुर आलेले जानकारी दिनुभयो ।
बलबालिकाहरुको अधिकारलाई सुनिश्चित गर्नका लागि बाल क्लब स्दस्य र बाल क्लब पूर्व सदस्यहरुको प्रथम जिल्ला स्तरिय सम्मेलनको आयोजना गरिएको उहाँले बताउनुभयो ।
पूर्व बाल क्लबका सदस्यहरु र अहिलेका बाल क्लब सदस्यहरुको शिकाईको आदान प्रदान होस भने उदेश्यले हामीले मुख्यरुपमा यो कार्यक्रमको आयोजना गरिएको संयोजक आलेले बताउनुभयो ।
