फत्तेपुर, २० जेठ । सप्तरीको सप्तकोसी नगरपालिका भित्र रहेका विभिन्न नदीजन्य पदार्थहरूको उत्खनन तथा संकलन कार्यको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन आई ई ई माथि आईतबार सार्वजनिक सुनुवाई गरिएको छ। सप्तकोशी नगरपालिकाद्वारा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कृष्ण प्रसाद ढकालले नगर भित्रका नदीबाट दैनिक सयौ ट्याक्टटरबाट वालुवा गिट्टी चोरी निकासी हुने कार्य भइरहेकोले यसलाई नियन्त्रण गरी नगरको आम्दानीलाई वृद्धि गर्ने लक्ष्य स्वरूप उक्त कार्य अगाडि बढाइएको बताए। आई ई ई पारित गरी ढुंगा गिट्टी,वालुवा निकासी ठेक्का लगाई नगरको आम्दानीमा वृद्धि हुनेमा नगर प्रमुख ढकालले विश्वास व्यक्त गरे।
सप्तकोसी नगरपालिकाकी नगर उपप्रमुख रिता कुमारी चौधरीले नगर भित्र रहेका गंगाजली, अमाहा,टेंग्रा र मलेठ खोलाबाट नदी जन्य पदार्थहरू ढुंगा,गिट्टी वालुवा,र ग्रावेल,उत्खनन तथा संकलनको लागि आई ई ई प्रतिवेदन माथि सार्वजानिक सुनुवाई गरिएको बताइन्।
नगर प्रमुख ढकालको अध्यक्षतामा आयोजित कार्यक्रममा सप्तकोसी नगरपालिकाका निवर्तमान मेयर उत्तम गौतम, वडा अधयक्षहरु , विभिन्न पार्टीका प्रतिनिधिहरु,सामुदायिक वनका पदाधिकारीले आ-आफ्ना धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको सहजीकरण सुनरस कन्सलटेन्सीका शम्भु प्रसाद चौरसियाले गरेका थिए

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर