राजविराज – कञ्चनपुर हुलाकी सडक खण्ड अन्तर्गत  सप्तरीको कन्चनरुप नगरपालिका ३ सुब्बाटोलमा शनिबार राती भएको ट्याक्टर दुर्घटना परी मृत्यु भएका तथा घाइतेहरुको सनाखत भएको छ । ट्रयाक्टर दुर्घटना हुदाँ मृत्यु भएका दुवै जनााको तथा घाइतेहरुको पहिचान खुलेको हो ।
मृत्यु हुनेमा सिरहा लाहान १९ का ३२ वर्षीय मोहम्मद ईसाद र सप्तरीको कञ्चनरुप नगरपालिका–७ का २१ वर्षीय सुशिल राम भन्ने खगेन्द्र कुमार राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।  दुर्घटनामा २० जना घाईते  भएको प्रहरीले जनाएको छ।
घाइते हुनेमा सप्तरीको कन्चनरुप नगरपालिका ७ बस्ने गणेश कुमार साह, सोही ठाउँका ३० बर्षिय प्रेम सरदार, ३० बर्षिय अर्जुन राम,३० बर्षिय गणेश राम, ३० बर्षिय दिनेश राम, बर्ष ३१ को अजय राम, बर्ष २६ को अरुण राम, बर्ष २६ का दिनेश कुमार राम, बर्ष ३० का रमेश राम, बर्ष ३० का धिरेन सरदार रहेका छन् ।
यसैगरी अन्य घाइतेहरुमा  सोही नगरपालिका वडा नम्बर १२ का बर्ष २१ की हजारा खातुन, बर्ष २७ को आनन्द सदा,बर्ष ३०/३२ को मोहम्मद नौसाद मियाँ, बर्ष २७ को मोहम्मद अकबर मियाँ, बर्ष २७ की मुनी खातुन, बर्ष २८ को मोहम्मद मुकिम, बर्ष १२ को नासिन अलि, सिरहा लहान नगरपालिका २ को बर्ष ३५/३६ को विक्रम सिंह, भारत घर भएका बर्ष २५ को विकास कुमार पासवान, बर्ष २२ का राजेश कुमार राम, बर्ष ३३ का सुरज कुमार रहेका छन् ।
घाइते मध्ये १४ जनाको विराटनगर स्थित गोल्डेन सिटी अस्पताल र अन्यको कञ्चनरूप १२ स्थित धर्मेश्वर हस्पिटलमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
आँप टिपेर बेलुका करिब साढे ७ बजेको समयमा हुलाकी सडक भएर कञ्चनपुरतर्फ जाँदै गरेकोस १ त ६२९५ नम्बरको ट्रयाक्टर दुर्घटना भएको थियो। दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।  मृतक दुबैजनाको शव गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर