
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराई र शाखा अधिकृत काशिराज दाहालविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले भट्टराई र दाहालमाथि छानबिन गर्नुपर्ने भन्दै धनुषा अदालतबाट बिहीबार पक्राउ पुर्जी लिएको हो ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार पक्राउ पुर्जी जारी भएसँगै उनीहरूलाई नियन्त्रणमा लिने तयारी छ । धनुषा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले भने अनुसन्धानको विषयमा बोल्न नमिल्ने बताए ।
सिरोहियाले नागरिकताको प्रतिलिपि लिँदा भट्टराई धनुषाका प्रमुख जिल्ला अधिकारी थिए भने दाहाल शाखा अधिकृत थिए ।

नागरिकता प्ररकरणमै प्रहरीले कान्तिपुरका अध्यक्ष सिरोहियालाई पक्राउ गरेको थियो । उनी बुधबार मात्रै हाजिरी जमानीमा छुटेका छन् ।