वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड बजेट विनियोजन । आगामी वर्ष कार्वन उत्सर्जन नयूनीकरणमा जोड दिइने बताए । यसलाई आम्दानीको स्रोतमा उपयोग गर्ने । कोशी र कर्णालीमा रेड कार्यक्रम कार्यान्वयन गरिने । हरियाली बढाउन जलाधार क्षेत्रमा जलभरण कार्यक्रम सञ्चालन गरिने ।
वायु प्रदूषण नियन्त्रण मापदण्डलाई कडाइका साथ लागू गरिने । वायु गुणस्तर मापन केन्द्र प्रभावकारी सञ्चालन गरी प्राप्त सूचनाले वायु प्रदूषण नियन्त्रण तथा नियमनका उपायसँग आबद्ध गरिने । मुस्ताङमा वायु प्रदूषण मापन केन्द्र विस्तार गरिने ।

लेखकको बारेमा

कोशी टेलिभिजन

लेखकबाट थप


प्रतिक्रिया!!

सम्बन्धित खबर