
१ देखि ५ कक्षासम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रममा स्थानीय उत्पादन प्रयोग गर्नुपर्ने । कर्णाली प्रदेशको हुम्ला, जुम्ला, मुगु, डोल्पा र कालीकोटमा दिवा खाजाको रकम वृद्धि । ७ प्रदेशका १/१ स्थानीय तहमा एकीकृत भान्साको अवधारणा अनुसार मेगा किचन स्थापना गरिने । ३० लाख विद्यार्थी लाभान्वित हुने दिवा खाजा कार्यक्रममा ८ अर्ब ३९ करोड विनियोजन गरिएको छ ।